काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन चार दशमलव ६२ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन मंगलबार भने १५ दशमलव ७९ अंकले उकालो लागेर २१ सय ५२ दशमलव १४ बिन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५० अंकले ओरालो लागेर तीन सय ८० दशमलव ९६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ६६ हजार सात सय १६ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १६ लाख ६१ हजार दुई सय आठ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार आठ सय ८५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लगानी, लघुवित्त र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन ।