काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको ‘नेसनल अवार्ड कार्यक्रम’ सम्पन्न भएको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनोट हुन सफल अभिकर्ताहरूलाई नेपालगञ्जको सोल्टी वेस्टेन्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरूलाई आ–आफ्नो लक्ष्य पूरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरू विशेष चनाखो भई आफ्नो र आफ्नो मातहतको अभिकर्ताहरूको लक्ष्य प्राप्तिमा विशेष जोड दिनुपर्ने बताए ।
समारोहमा नेसनल रत्न विजेता अभिकर्ताहरूलाई नेसनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले नेपालको बीमा बजारमा बीमितहरूलाई सबैभन्दा बढी बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनसदरलाई सबैको प्रयासबाट यथावत् राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गरे ।
उनले नेसनल रत्नमा छनोट हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार नेपालगन्जमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए । साथै उनले यसभन्दा अगाडि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरूलाई र काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिसेकेको र अन्य बाँकी अभिकर्ताहरूलाई पनि छिटै नै सम्मान गरिने जानकारी गराए ।
नेपालगञ्ज र महेन्द्रनगरमा सम्पन्न छुट्टाछुट्टै कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतसहित प्रबन्धक विवेक शर्मा, विभागीय प्रमुख सुस्मिता राणालगायत कम्पनीका कर्णाली प्रदेश प्रमुख दिप नारायण खनाल तथा लुम्बिनी र कर्णाली प्रदेशमा रहेका शाखाहरूका शाखा प्रमुखहरूको सहभागिता थियो भने महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशीलगायत उक्त प्रदेशमा रहेका शाखाहरूका प्रमुखहरूको समेत उपस्थिति थियो ।