काठमाडौं, असार ८
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको असार छ गते बसेको सञ्चालक समितिको एक सय ३५औं बैठकले यही असार २९ गते १२ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी दुुई अर्ब ७९ लाख ३९ हजार तीन सय ७५ रूपैयाँ मध्येबाट १२ दशमलव पाँच प्रतिशत अर्थात् २५ करोड नौ लाख ९२ हजार चार सय २२ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै उक्त सभाले कर प्रयोजनको लागि एक करोड २३ लाख ३४ हजार चार सय ४१ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड ३० लाख ९२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १६ करोड ३६ लाख ८१ हजार रूपैयाँ रहेको थियो ।