काठमाडौं । सेयर बजार परिसुचक २२ बिन्दुमा चढेको छ । अघिल्ले दिन २३ दशमलव २५ अंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २९ दशमलव २१ अंकले उकालो लागेर २२ सय चार दशमलव ६१ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९० अंकले उकालो लागेर तीन सय ९१ दशमलव ६६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ३१ वटा कम्पनीहरुको ८७ हजार ८६ पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त र व्यापार उपसमुहको सुचक ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् ।