काठमाडौंँ,चितवन, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका बसरमध्ये रौतहटको गणपति डिलक्समा एक आर्मी जवान परिवार रहेको जानकारि प्राप्त भएको छ । आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्समा बौधिमाई नगरपालिका हाल काठमाठौंमा कार्यरत आर्मी जवान र उनको श्रीमती पनि बेपत्ता परेका छन् । काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए। त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमा चालकसहित ६५ जना रहेका पाइएको छ । हाल नारायणगढ मुग्लिन सडक एकतर्फी रुपमा संचालन भएको छ ।