बेइजिङ । चीनको युआन ऋण यस वर्षको पहिलो छ महिनामा १३ दशमलव २७ ट्रिलियन अर्थात् एक दशमलव ८६ ट्रिलियन डलर बढेको छ । केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार छ दशमलव दुई प्रतिशतले बढेर तीन सय पाँच दशमलव शून्य दुई ट्रिलियन युआन पुगेको छ ।
चीनको नयाँ अर्थतन्त्र र बाह्य मागद्वारा सञ्चालित, उत्पादन उद्योगमा लगानी बढ्दै गएको छ । जसले ऋण वृद्धिलाई समर्थन गरेको चाइना मिन्सेङ बैंकका प्रमुख अर्थशास्त्री वेन बिनले भनेका छन् । यस वर्षको अर्धवार्षिकमा नयाँ थपिएको कुल सामाजिक वित्तपोषण, वास्तविक अर्थतन्त्रले वित्तीय प्रणालीबाट प्राप्त गर्ने कोषको मापन १८ दशमलव एक ट्रिलियन युआन पुगेको छ ।