नेपाली कांग्रेसले सरकारमा सहभागि हुन मन्त्रालयको टुङ्गो लगाएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सहभागि हुने भएको छ । समाचार स्रोतका अनुसार नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमा सहमहामन्त्री बद्री पाण्डे र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने टुङ्गो लागेको छ ।