काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकीमा भारतका बाह्य मामिलामन्त्री डा. सुव्रमन्यम जयशङ्करले हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर भारतका बाह्य मामिलामन्त्रीले मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत छु भनेका छन् ।
यसैगरी, डा. राणालाई मंगलबार एक शुभकामना सन्देश पठाउँदै पाकिस्तानका विदेशमन्त्री इशाक दारले आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।