बेइजिङ । चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस)को तथ्याङ्कले देखाएको छ ।
चीनको जीडीपी पहिलो अर्धवार्षिक अवधिमा ६१ दशमलव ६८ ट्रिलियन युआन अर्थात् करिब आठ दशमलव ६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबीएसको तथ्याङ्कले देखाएको छ । एनबीएसका अनुसार दोस्रो त्रैमासिकमा, देशको जीडीपी वार्षिक चार दशमलव सात प्रतिशतले बढेको छ ।
समग्रमा, राष्ट्रिय अर्थतन्त्र पहिलो अर्धवार्षिकमा स्थिर रहेको जनाउँदै नीतिगत प्रोत्साहन, बाह्य मागमा पुनरुत्थान र नयाँ गुणस्तरको उत्पादक शक्तिको विकासलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ ।
एनबीएसका अनुसार दोस्रो उद्योगले पहिलो अर्धवार्षिकमा वर्षमा पाँच दशमलव आठ प्रतिशत प्राथमिक उद्योगमा तीन दशमलव पाँच प्रतिशत र सेवा क्षेत्रमा चार दशमलव छ प्रतिशतले वृद्धि भएको छ । दोस्रो त्रैमासिकमा भने चीनको अर्थतन्त्र शून्य दशमलव सात प्रतिशतले बढेको छ । रासस/सिन्ह्वा