काठमाडौँ । आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि डिजिटल माध्यमबाट शुभकामना दिन अनुरोध गरेका छन् ।

उनले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई खादा पनि प्रयोग नगर्न अनुरोध गरेका छन् । गत असार ३० गते उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।