काठमाडौं । एनएमबी बैंकले विद्युतीय सवारीसाधनहरू सात वर्षका अवधिका लागि मात्र आठ दशमलव ९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।
ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रूत स्वीकृति प्रक्रियाहरूसहित, ग्राहकहरूले सजिलै एनएमबी सुलव अटो लोन लिन सक्ने छन् । बैंकले हाल देशभर दुई सय एक वटा शाखाहरू, एक सय ८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।