काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।