काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१÷८२ को सुरुवातसँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ सात वर्षको लागि स्थिर रहने गरी आठ दशमलव ९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना मंगलबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर सात वर्षसम्म स्थिर रहने छ । सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिनेकुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए । यस आकर्षक योजनामा सहभागी हुनको लागि नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्ने छन् ।
यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत सर्तसहितको छुट रहेको छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्व दिँदै आएको छ । बैंकले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।
बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६० वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ९८ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।