काठमाडौं । फोनपे पेमन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (ईपीएफ) बीच, एपीआई आधारित होस्ट–टु–होस्ट (एचटुएच) भुक्तानीको सुविधा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । यो इन्टिग्रेसनले, कर्मचारी सञ्चय कोषको एप (ईआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ । यसो गर्दा, कर्पोरेट भुक्तानीहरू जस्तैः व्यवसायदेखि ग्राहक (बीटुसी), व्यवसायदेखि व्यवसाय (बीटुबी) र व्यवसायदेखि सरकार (बीटुजी)सम्मको भुक्तानी सरल अनि सजिलो भएको छ । यसका साथै यो व्यवस्थाले फोनपेको इन्टर ओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ ।
यस रणनीतिक साझेदारीको फलस्वरूप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नी च्यानल वेबसाइटहरूमार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् । आधुनिक डिजिटल भुक्तानी पूर्वाधार जस्तै होस्ट–टु–होस्ट (एचटुएच) भुक्तानी इन्टेग्रेसनले कर्पोरेट भुक्तानीहरूको साथ–साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ ।
कर्मचारी सञ्चय कोषसँगको यो साझेदारी, प्रयोगकर्ताहरूको लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्यसँग प्रतिबद्ध रहेको भन्दै, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘हामीले डिजिटल भुक्तानी समाधानहरूलाई एकीकृत गरेर, प्रयोगकर्ताहरूलाई केवल सुविधा मात्र दिइरहेका छैनौँ, हामी डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रियरूपमा योगदान गरिरहेका छौँ । यो साझेदारीले हाम्रो प्रतिबद्धता अनुरूप, वित्तीय सेवाहरूलाई सबै नेपालीहरूको लागि थप पहुँचयोग्य र ग्राहकमैत्री बनाएको छ । हामीले यस साझेदारीमार्फत धेरै नयाँ भुक्तानी समाधानहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ ।’
कर्मचारी सञ्चय कोषका कार्यबाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले भने, ‘फोनपेसँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम हो । कर्मचारी सञ्चय कोषअन्तर्गत सापटीहरूमा डिजिटल भुक्तानी सेवा सुरु हुनुले, हाम्रो सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउने छ । यस साझेदारीले हाम्रा योगदानकर्ताहरूलाई फाइदा पु¥याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ ।’ नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो । यफ वान सफ्ट समूहको सहायक कम्पनी, फोनपे एक आईएसओ÷आईईसी २७००१ः२०२२ प्रमाणित कम्पनी हो । यसैगरी अहिलेको समयमा कर्मचारी सञ्चय कोषले उत्कृष्ट सामाजिक सुरक्षा सेवाहरू दिन प्रतिबद्धता देखाएको छ ।