नेपाली कांग्रेस मधेश प्रदेशको सरकारमा सहभागी हुने भएको छ । कांग्रेसले चार मन्त्रालयहरु लिने भएको छ । अर्थ मन्त्रालय पक्का भएपनि अरु मन्त्रालय के के भन्ने कुरा स्पष्ट हुन सकेको छैन । कांग्रेसले सरकारमा जानका लागि आफ्ना प्रदेश सांसदहरुको नाम सिफारिस गरेको छ । मन्त्रीका लागि रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मुख्यमन्त्रीलाई पठाएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले संचार माध्यमहरुलाई जानकारी दिएका छन् ।