काठमाडौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा नवनियुक्त महान्यायाधिवक्ता रमेश वडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थितमा प्रधानन्यायाधीश श्रेष्ठले महान्यायाधिवक्ता वडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले सरकारको कानुनी सल्लाहकारका रूपमा वडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए ।