काठमाडौं । नेपाल मेडिसिटी हस्पिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच व्यावसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल मेडिसिटी हस्पिटलका कर्पाेरेट डेभलपमेन्ट प्रमुख पंकज बास्कोटा र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सहमतिपत्रमा उल्लेख भएबमोजिम नेपाल एसबीआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लेखनाथमार्ग ठमेल, काठमाडौंमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरूले नेपाल मेडिसिटी हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको छ । आकर्षक हेल्थ चेकअप प्याकेजअन्र्तगत ४० वर्षभन्दा माथिका पुरुष तथा महिला, ४० वर्षभन्दा मुनिका महिला तथा पुरुषहरूलाई औषतमा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता कार्यक्रममा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे । नेपाल मेडिसिटी हस्पिटल प्रालिका कर्पाेरेट डेभलपमेन्ट प्रमुख पंकज बाँस्कोटाले पनि आपसी सहकार्यबाट व्यावसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।