काठमाडौं । शेयर बजार परिसुचक नेप्से २५ सय बिन्दु नजिक पुगेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ६१ दशमलव ७१ अंकले उकालो लागेर २४ सय ८५ दशमलव ९४ बिन्दुमा पुग्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ५३ अंकले उकालो लागेर चार सय ५९ दशमलव ६८ बिन्दुमा पुगेको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको एक लाख ७७ हजार चार सय ६७ पटक शेयर किनबेच भएको छ । जसबाट आज चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।