काठमाडौं । नयाँ स्टाइल र पावरको प्रतिक भिभो वाई २८ ले नेपाली बजारमा तुफान ल्याइरहेको कम्पनीको दाबी छ । १५ दिनअघि मात्रै लन्च गरिएको यो स्मार्टफोन अहिले नै अत्यन्त लोकप्रिय भइसकेको कम्पनीको दाबी छ । भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइनमार्फत एकैदिन बिक्रीमा आएको भिभो वाई २८ ले यस सेगमेन्टमा निर्विवाद ब्याट्रीको बादशाहको रूपमा आफ्नो स्थितिलाई बलियो बनाउँदै लोकप्रियता हासिल गरेको हो ।
हालका युवापुस्ताहरूको गतिशील जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएको भिभो वाई २८ ले आफ्नो लक्षित दर्शकसँग राम्रोसँग समन्वय गरिरहेको कम्पनीको भनाइ छ । यसको स्लिक डिजाइन, शक्तिशाली छ हजार एमएएच ब्याट्री र छिटो चार्ज हुने ४४ वाट फ्ल्यास चार्ज प्रविधिले मानिसहरूको पहिलो रोजाइको स्मार्टफोन बनाएको छ । ८+८ जीबीको एक्सटेन्डेड ¥याम र १२८ जीबी र २५६ जीबीको ठूलो भण्डारण क्षमता विकल्पहरूको साथ भिभो वाई २८ ले निरन्तर मल्टीटास्किङ, ल्याग–फ्रि प्रदर्शन र पर्याप्त एपहरू, फोटोहरू र भिडियोहरूको लागि ठाउँ सुनिश्चित गर्छ । भिभो वाई २८ ले धुलो र स्प्ल्यास प्रतिरोधको लागि आईपी ६४ रेटिङको साथसाथै चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिएको छ ।