काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड राष्ट्रिय सर्वश्रेष्ठ प्रस्तुत वार्षिक रिपोर्ट पुरस्कार २०२३ द्वारा सम्मानित भएको छ । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले नेपाल एसबीआई बैंक लिमिटेडलाई ‘राष्ट्रिय सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदन २०२३’का लागि रजत पुरस्कारले सम्मानित गरेको हो । यो प्रतिष्ठित मान्यता निजी क्षेत्रको बैंकहरूको श्रेणीमा यसको वार्षिक प्रतिवेदन २०२३ को प्रस्तुतीकरणमा उत्कृष्टताका लागि प्रदान गरिएको बैंकको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डेले एक समारोहबीच अर्थमन्त्री विष्णु पौडेलबाट पुरस्कार उक्त पुरष्कार ग्रहण गरेका हुन् । बैंकले आफ्ना एक सय वटा पूर्ण शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, १९ वटा शाखारहित बैंकिङ सेवा, सात वटा प्रदेश कार्यालय, कर्पोरेट कार्यालय र एक सय २१ वटा एटीएममार्फत वित्तीय सेवाउपलब्ध गराउँदै आएको छ ।