पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखरामा दुई वटा शाखा विस्तार गरेको छ । सेलवेजले पोखरा–१७ विरौटा र पोखरा–५ प्रस्याङमा शाखा विस्तार गरेको हो । योसँगै सेलवेजका १० शाखा पुगेका छन् ।सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर सञ्चालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले जानकारी दिए ।विरौटा, छोरेपाटन र पुम्दीभुम्दीवासीलाई लक्षित गरी विरौटा शाखा, प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्षित गरिएको उनले बताए । दैनिक आवश्यकता पर्ने सामान किन्न सहज रुपमा पाइने उनले बताए । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा विस्तार गरिसकेको छ ।केही महिना भित्रै पोखराका अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने व्यवस्थापक गिरीले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्य सामग्री, विद्युतीय सामान राखिएको छ । होम डेलीभरीको पनि व्यवस्था भएको उनले बताए । शाखा विस्तारको अवसरमा लक्की ड्रमार्फत कार जित्ने अवसर छ । दुई हजारसम्मको खरिद गर्दा एउटा कुम्पन पाइने र बम्पर उपहारमा एमजीको इभी कार जित्ने सक्नेछ ।प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभी, तेस्रो माइक्रोओभन, चौथोमा पंखा, पाचौँमा राईकुकर, छैटौँमा हटपट उपहार जित्न सकिन्छ । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताए । पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्य पसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो ।त्यही व्यवसाय विस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौँ प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा सञ्चालन गरिरहेको छ ।