काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ७५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने २७ दशमलव ३२ अंकले ओरालो लागेर २५ सय ३६ दशमलव ११ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २५ अंकले ओरालो लागेर चार सय ५२ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको एक लाख ८८ हजार आठ सय ६५ पटक शेयर किनबेच भएको छ । जसबाट चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय १४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र होटल तथा पर्यटन उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।