रसुवा । चीनको स्वशासित क्षेत्र तिब्बततर्फ गैरकानुनी ढङ्गले विदेशी मुद्रा लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले एकजना व्यक्तिलाई पक्राउ गरेका छन् ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए ।