काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुप्रति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका छन् ।
मन्त्री पौडेलले बिहीबार महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा अवस्था बुझ्दै दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।
“अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, उनले भने, “शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।” उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।