काठमाडौँ । नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले बिहीबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयस्थित परराष्ट्र मन्त्री डा. राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।