काठमाडौँ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गए राति निधन भएको छ । वीर अस्पतालमा मिर्गौला रोगबाट पीडित नकर्मीको उपचारका क्रममा निधन भएको हो ।

नगरपालिकाले शुक्रबार एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ ।