काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरू परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ ।
टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकताअनुसारका एफटीटीएच सेवाका प्याकेजहरू परिवर्तन समेत गर्न सक्नेछन् । यसैगरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवाका ग्राहकहरूका लागि आफ्नो आवश्यकताअनुसार आलाकार्टा शुल्क प्रणालीबमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ । साथै, ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरू सबक्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् । यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यस सेवाले ग्राहकको समय तथा श्रमको समेत बचत हुने विश्वास कम्पनीको रहेको छ ।