काठमाडौँ । नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेकी छिन् ।

मन्त्री डा राणाको मन्त्रालयस्थित कार्यकक्षमा शुक्रबार भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।