काठमाडौं : रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा महिला वन्दीहरुलाई सेवा पुर्याउने उदेश्यले सञ्चालन गरिएको एक दिने निशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रत्यक्ष रुपमा २५० जना महिलाले आँखा शिविरमा आफ्नो आँखा परिक्षण गराउनुको साथै १३० जना महिलाले दन्त परिक्षण गराएका छन् र कार्यक्रममा २५० जनाको आँखा परिक्षण पश्चात आवश्यक पर्ने १६० वटा विभिन्न पावरका चस्मा तथा आवश्यकता अनुसार विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो । कार्यक्रममा प्राविधिक सहयोग केन्द्रीय कारागार अस्पताल र किर्तिपुर आँखा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले गरेका थिए । कार्यक्रममा आँखा कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा किर्तिपुर आँखा अस्पतालका अध्यक्ष प्राध्यापक डा सविना श्रेष्ठले र दाँत कसरी सुरक्षित राख्ने भन्ने सन्दर्भमा केन्द्रीय कारागार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश वुढाथोकिले प्रकाश पारेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य तथा रोटरी क्लव अफ महाराजगन्जका संस्थापक अध्यक्ष डा. जय वहादुर टण्डन ले केन्द्रीय कारागारको आवश्यकता पहिचान गरी सहकार्यमा अगाडी बढ्न सकिने विचार व्यक्त गरे । कार्यक्रममा कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरुलाई कारगारका प्रशासक कृष्ण वहादुर कटुवाल र रोटरी क्लव अफ महाराजगन्जका अध्यक्ष ई. सुदर्शन भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।