हेटौँडा । बागमती प्रदेश सभाबाट साउन १५ गते मङ्गलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।
बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री, मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको जानकारी दिए । मुख्यमन्त्री लामाले १३ मन्त्रालय रहेको बागमती प्रदेशमा एक जना बिना विभागीयसहित १४ जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।