पठाओ, इन्ड्राइभलगायत राइड सेयरिङलाई कानुनी मान्यता दिन लागेपछि गण्डकीका सार्वजनिक सवारी सञ्चालकले यातायात सेवा ठप्प पारेका छन्।गण्डकी प्रदेश सरकारले ल्याउन लागेको राइड सेयरिङसम्बन्धी कार्यविधीको विरोधमा सार्वजनिक सवारी सञ्चालकहरूले प्रदेशभर आइतबार यातायात सेवा बन्द गरेका हुन्। सार्वजनिक सवारी बन्द हुँदा पोखरासहित गण्डकीका ११ वटै जिल्लामा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्।