काठमाडौं । हिमालयन बैंक लिमिटेडले बनेपा शाखा स्थानान्तरण गरेको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखा सञ्जालहरूमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविक स्थानबाट करिब छ दशमलव दुई किमि दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका वडा नं ७, काभ्रे जिल्लाबाट आइतबार सो स्थानमा एउटा नयाँ शाखाका रूपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।
बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपस्थितिमा गरेका हुन् । हाल बैंकले नेपालभर फैलिएका एक सय ७४ वटा शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, दुई सय ६४ वटा एटीएम, छ हजार पाँच सयभन्दा बढी पस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।