काठमाडौँ, असार १०
सप्तकोशी डेभलपमेन्ट बैंकले यसअघि स्थगित भएको वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकको यही असार आठ गते बसेको सञ्चालक समितिको एक सय ६०औं बैठकले असार २१ गते उद्योग संगठन मोरङगमा १२औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
बैंकले उक्त सभामार्फत हाल कायम रहेको चुक्ता पुँजी ७८ करोड ७१ लाख ११ हजार सात सय २८ को छ प्रतिशतले हुुन आउने चार करोड ७२ लाख २६ हजार सात सय तीन रूपैयाँ ६८ पैसाबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड २३ लाख ३४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुुई करोड ४९ लाख ९० हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७८ करोड ७१ लाख ११ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ८९ करोड ८७ लाख ३८ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ८८ करोड ८७ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ८२ लाख ४७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुुई अर्ब ५६ करोड १८ लाख छ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ५३ करोड ४१ लाख ३३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ४८ लाख ४७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।