काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन एक सय १३ दशमलव ४२ अंकले उकालो लागेको बजार परिसुचक नेप्से आज सोमबार भने २० दशमलव ४६ अंकले ओरालो लागेर २६ सय ६१ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६८ अंकले ओरालो लागेर चार सय ८२ दशमलव १५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसबाट दुई लाख २२ हजार छ सय ६० पटकको कारोबारमा चार करोड ७७ लाख ९० हजार आठ सय ३७ कित्ता शेयर खरिद खरिद बिक्री भएकोमा कुल कारोबार रकम १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार एक सय छ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र जलबिद्युत उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।