काठमाडौं । वर्षौँदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका पाँच सय ५३ जना स्थानीयलाई लालपुर्जा वितरण गरिएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको चार वडामा रहेका १९ वटा गाउँ ब्लकहरूको नापी नक्सा पूरा भएका पाँच सय ५३ वटा लालपुर्जा वितरण गरिएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सोमबार एक कार्यक्रमका बीच उनीहरूलाई लालपुर्जा वितरण गरेका हुन् । सो कार्यक्रममा मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउँदै भूमिहीनको समस्या स्थायीरूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । सरकारले पाँच लाख भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए । लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरू अत्यन्त खुसी भएका थिए । बषौँदेखि जग्गाधनी प्रमाणपुर्जा नहुँदा परेको पीडाबाट मुक्ति पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।