काठमाडौं । गीतसंगीतको खोज र मनोरञ्जनका लागि टिकटकले चर्चित सांगीतिक समूह बीटीएसका सदस्य जिमिनको बहुप्रतिक्षित सोफोमोर एल्बम म्युस रिलिजको उत्सव मनाउँदै इमर्सिभइन–एप एक्सपेरियन्सको सुरुवात गरेको छ ।
कम्पनीले सुरु गरेको ह्यासट्याग जिमिनहुहवले आफ्ना विश्वव्यापी प्रशंसकहरूलाई विशेष कन्टेन्टसँग इन्गेज हुन, च्यालेन्जहरूमा भाग लिन र सीमित–समयको लागि उपलब्ध हुने पुरस्कारहरू प्राप्त गर्ने अवसर प्रदान गर्ने जनाइएको छ । कम्पनीका अनुसार जिमिन र विटिएसजस्ता सम्बन्धित शब्दहरू सर्च गर्दा सीमित–समयको लागि च्यालेन्जहरू अनलक गर्न विशेष प्रोफाइल फ्रेमहरू प्रस्तुत हुनेछ । यसका साथै, हबले जिमिनको सोफोमोर एल्बम म्युस रिलिजको उत्सव मनाउने इमर्सिभ एक्सपेरियन्ससहित स्वयम् जिमिनबाट उत्कृष्ट कन्टेन्टहरू समेत प्रस्तुत गर्नेछ । यस पहलले कलाकार र फ्यानहरूलाई एक आपसमा नजिक ल्याउन र सिर्जना गर्न सशक्त बनाउने टिकटकको प्रतिबद्धतालाई जोड दिने जनाइएको छ ।