काठमाडौं सरकारले अपदस्थ राजा ज्ञानेन्द्र शाहको भन्दा पनि पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षामा कडाई गरेको छ । सत्ताच्यूत भएपछि प्रचण्ड अघिल्लो साता सपरिवार नगरकोटमा बास बस्न पुगेका थिए । त्यसअघि अपदस्थ राजा ज्ञानेन्द्र सात दिन सपरिवार नगरकोट बस्न पुगेका थिए । उनीहरुको सुरक्षामा संलग्न एक प्रहरी अधिकृतको अनुसार सरकारले अपदस्थ राजको ज्ञानेन्द्रको भन्दा पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्था कडिकडाउ गरेको थियो ।