काठमाडौँ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा आज निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे । समितिको सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सो पद रिक्त भएका थिए । समितिको सभापति पदमा कांग्रेसकी थापाको मात्र उम्मेदवारी परेको थियो । रासस