काठमाडौँ, गएराती आएको अविरल बर्षाका कारण बाग्मती किनारमा अबस्थित थापाथलीका सुकुम्बासी बस्ति डुबानमा परेका छन् । राती आएको ठूलो बर्षाका कारण बस्ती डुबानमा परेपनि मानवीय क्षती नभएको पाईएको छ । हाल बर्षा रोकिएर पानीको वहाव पनि कम हुँदै गएको छ ।