काठमाडौं,गए राती आएको अबिरल बर्षाको कारणले च्यासल स्थित एमालेको पार्टी कार्यालय देखि फुटबल ग्राउन्ड समेत डुबानमा परेको छ । राती ठूलो मात्रमा भएको बर्षाका कारण शंखमुल पार्क ,तुल्सी लाल प्रतिस्ठान ,पुल ,करिडोर सडक डुबानमा परेका हुन । उक्त क्षेत्रमा यातायातका सवारीसाधन बन्द भएका छन् । पानी पर्न रोकिएपछि पानीको वहाव घट्दै गएको छ ।