काठमाडौं । प्रभु बैंकले बागलुङमा चार शाखा विस्तार गरेको छ । ढोरपाटन नगरपालिका–७, बोवाङ, निसीखोला गाउँपालिका–५, निसी, बडिगाड गाउँपालिका–२, खरबाङ र बडिगाड–७, भीमगिठेमा शाखाविस्तार गरिएको बैंकले जनाएको छ । बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले चार वटै शाखाको उद्घाटन गरेका हुन् ।
आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरेको बैंकले जनाएको छ । बैंकको यस अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको विश्वास व्यक्त गरिएको छ ।
बागलुङमा विस्तार भएका चार शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले आधुनिक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।