काठमाडौं । सिंगो प्रहरी संगठनलाई आफ्नो व्यक्तिगत हित र स्वार्थ अनुकुल परिचालन गरेको आरोपमा आईजी सचिवालय अन्तर्गत रहेको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबि) प्रमुख श्यामलाल ज्ञवालीमाथी अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजि टेक प्रसाद राईको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । एआईजी ज्ञवालीलाई प्रहरी भित्रै अर्को आईजिपी को अभ्यास गर्दै समानान्तर संगठन चलाएको, चेन अफ कमाण्ड उल्लंघन गरेको, ६० किलो सुन तस्करी प्रकरणमा आरोपित जिवन चलाउनेसंग आर्थिक लेनदेन गरेको लगाएतको आरोप सहित परेको उजुरी माथि छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले एआईजी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाएको बताइएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले चैतमा गृह मन्त्रालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ६० किलोको अनुसन्धान गर्दा गम्भीर लापरबाही गरेको प्रतिवेदन बुझाए संगै तत्कालिन सीआईबी प्रमुख किरण बज्राचार्यलाई हटाएर एआईजी ज्ञवालीलाई सीआईबीको जिम्मा दिइएको थियो । उमेर हदका कारण भदौ २६ गते अनिवार्य अवकाशमा जान लागेका एआईजी ज्ञवालीलाई कार्यकालको अन्तिम समयमा आएर विभिन्न आरोप सहित बिदा हुनुपर्ने अवस्था आएको छ ।