बेइजिङ । चीननले वैदेशिक व्यापारमा लगातार सात वर्षदेखि विश्वमा पहिलो स्थान ओगटेको दाबी गरेको छ । चीन अहिले एक सय ५० भन्दा बढी देश र क्षेत्रहरूसँगको प्रमुख व्यापार साझेदार भएको भन्सार सामान्य प्रशासनले जनाएको छ ।
सन् २०१२ को तुलनामा सन् २०२३ मा चीनको वैदेशिक व्यापार १७ ट्रिलियन युआन (दुई दशमलव ३४ ट्रिलियन डलर)ले बढेको छ । यसले औसत वार्षिक एक दशमलव छ ट्रिलियन युआनको वृद्धिलाई प्रतिनिधित्व गरेको छ । विदेशी व्यापार उद्यमहरूको संख्या झण्डै दोब्बर भएको भन्सार प्रशासनका सामान्य प्रशासनका उपप्रमुख झाओ जेङ्गलियानले मंगलबार पत्रबार सम्मेलन गरी जानकारी दिएका छन् ।
देशको वैदेशिक व्यापार संरचनामा निरन्तर सुधार हुँदै जाँदा चीनको उच्च प्रविधियुक्त उत्पादनको निर्यात सन् २०२३ मा वार्षिक छ प्रतिशतले बढेको छ, जुन कुल निर्यात मूल्यको १८ दशमलव सात प्रतिशत रहेको झाओले बताएका छन् ।
केही पश्चिमी देशहरूले झुटा विवरणहरु दिने गरेको बताउँदै चीनले त्यसको विरोध गर्ने पनि उनले बताए । चीनका नयाँ ऊर्जा उत्पादनहरूले अत्यधिक क्षमताको सामना गर्दैनन्, तर विश्वव्यापी आपूर्तिलाई समृद्ध बनाउने र जलवायु परिवर्तनको विश्वव्यापी प्रतिक्रियामा चीनको योगदानलाई प्रतिनिधित्व गर्दै आएको झाओले बताए ।
भन्सारले चीनको विशाल बजारलाई विश्वका लागि ठूलो अवसर बनाउँदै आयात विस्तारका लागि राम्रो भन्सार निकासी पर्यवेक्षण र सेवाहरू उपलब्ध गराउने बाचा गरेको छ ।