काठमाडौं,बचत गरेको रकम सहकारी संचालकहरुले हिनामिना गरेर पिडीत बनाईएका सहकारी पिडीतहरुले आज काठमाडौंको रत्नपार्कमा आन्दोलन गरेका छन् । पटक पटक आफूले राखेको माग गरकारले पुरा गर्न नसकेको भनि उनीहरुले आन्दोलन गरेका हुन । प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको पीडितहरुले गुनासो गरेका छन् ।