काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार तीन जना अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनको जिम्मेबारी चौधरीले, वन तथा वातावरणको जिम्मेबारी विकले र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तामाङले पाएका छन् ।