काठमाडौं, प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको डेटा उपलब्ध गराउन माग राखेको छ । लेखा समितिको शुक्रबारको बैठकपछि प्राधिकरणसँग टीओडी मिटरको डेटा माग्ने निर्णय गरेको हो । ५ दिनमा प्रतिवेदन तयार पारी अर्को बैठकमा उद्योगी र प्राधिकरणबीच विवाद सुल्झाउने निर्णय गरिनेछ । शुक्रबार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उद्योगी व्यवसाय, नियामकीय निकाय विद्युत नियमन आयोगका पदाधिकारीलाई लेखा समितिले बोलाएको थियो ।