काठमाडौँ,थापथली स्थित साउदी भिसा सेवा केन्द्रबाट कुपण्डोल आउँदै गरेको मोटरसाईकल ब्रिटीस कलेजको नजिकै दुर्घटनामा परेको छ । शुक्रबार मध्यान्ह् मुख्य सडक खण्डमा बा२८ प ४८६७ नं को मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको मदेश प्रदेश ०३-००१ क २५१९ नं को पानी ट्याङ्कर ले ठक्कर दिएको थियो । दुर्घटनाबाट उक्त मोटरसाइकलमा पछाडी बसेर सवार भएकी अंदाजी करिब बर्षकि महिलाको घटना स्थलमै मृत्यु भएको छ । घाइते भएको मोटरसाइकल चालकलाई उपचारको लागि नर्बिक हस्पिटल लगिएको। साथै उक्त पानी ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा मृतक तथा घाइतेको पहिचान खुलेको छैन । नखुलेको १२स्४० बजेको समयमा उक्त महिलाको लास नर्भिक हस्पिटलको एम्बुलेन्स मा राखेर लगेको र बाटो पुर्णरुपमा सुचारु भएको।