काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब एक करोड १२ लाख २३ हजार नौ सय १० रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा झन्डै एक अर्ब रुपैयाँले बढी हो । अघिल्लो अवधिमा भने कम्पनीको यस्तो नाफा नौ करोड ७२ लाख ४२ हजार पाँच सय ५९ रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पुँजी हाल आठ अर्ब २० करोड ७९ लाख ६६ हजार पाँच सय ५४ रुपैयाँ रहेको छ ।