काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले यही साउन ३२ गते आफ्नो १२औँ वार्षिक साधारणसभा गर्न लागेको हो । ललितपुरको लुभुस्थित लुभु पार्टी प्यालेसमा हुने उक्त साधारणसभामार्फत संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।