काठमाडौं । सिटिजन्स बैंक इन्टनरशेनल लिमिटेडले आर्थिक बर्ष २०८०/८१ मा एक अर्ब ३४ करोड २४ लाख ६६ हजार पाँच सय ६४ रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा झण्डै ५० करोड रुपैयाँले कम हो । अघिल्लो आवको बैंकको यस्तो नाफा एक अर्ब ८६ करोड ३७ लाख ५६ हजार ११ रुपैैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब २० करोड नौं लाख ७४ हजार छ रुपैयाँ रहेको बैंकले आव २०८०/८१ मा एक खर्ब ८९ अर्ब २१ करोड ६७ लाख ३० हजार ६५ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५३ अर्ब ३२ करोड ९१ लाख ६३ हजार सात सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ६८ करोड ६१ लाख ६० हजार पाँच सय ८९ रुपैैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चार दशमलव शून्य सात प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ६१ करोड ६१ लाख ६३ हजार चार सय ८० रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने तीन दशमलव ९९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ६८ अर्ब ८४ करोड २१ लाख ३९ हजार छ सय आठ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३९ अर्ब ८३ करोड २० लाख ५० हजार २२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ८२ करोड ८४ लाख ९६ हजार एक सय ९६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने ८४ करोड ६९ लाख ८९ हजार एक सय ८० रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने तीन दशमलव ३९ प्रतिशत रहेको थियो ।